काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् । रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् ।

घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरेका थिए । रास्वपा वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालयबाट निस्किएका छन् ।
उनी पहिलोपटक बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका हुन् । उनी पुग्ने भएपछि रास्वपा कार्यालयमा समर्थकहरूको बाक्लो भिड जम्मा भएको थियो ।











