Logo
Logo

बालेन जनकपुर पुग्दा समर्थकको भिड, फुट्यो विमानस्थलको ढोका


2.5k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज जनकपुरधाम पुगेका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट आज राजीनामा दिएपछि उनी घण्टीघरस्थित रास्वपा केन्द्रीय कार्यालय पुगेका थिए ।

 त्यहाँ सहभागी भएपछि सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरूसँगै जनकपुरतर्फ उडेका हुन् । जनकपुर विमानस्थलमा रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूले बालेन शाह, रवि लामिछानेलगायत नेताहरूलाई उत्साहजनक स्वागत गरेका थिए ।

स्वागतको क्रममा विमानस्थलको मुख्य सिसाको ढोका ठूलो भिडभाड र धकेलाधकेलका कारण फुटेको छ । ढोका फुटेपछि बालेन र रवि केहीबेर विमानस्थलभित्रै रोकिनुपरेको थियो । 

बाहिर निस्कने क्रममा समर्थकहरूको भीड निकै बढेको थियो, जसले गर्दा सुरक्षा व्यवस्था कडा पारिएको थियो । यो भ्रमणलाई रास्वपाको मधेश प्रदेशमा सङ्गठन विस्तार तथा आगामी निर्वाचनको तयारीको रूपमा हेरिएको छ । बालेनलाई पार्टीले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने चर्चा चलिरहेको बेला यो जनकपुर यात्रा राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ । 

प्रतिक्रिया दिनुहोस्