Logo
Logo

कञ्चनपुुर-१ र बझाङमा एमालेका उम्मेदवार फेरिए


2.3k
Shares

धनगढी । नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशका दुई निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूमा परिवर्तन गरेको छ ।

एमालेल कञ्चनपुर-१ र बझाङमा शनिवार बसेको सचिवालय बैठकले गरेको निर्णयमा संशोधन गरेको हो । सुरुमा शनिवारको बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर-१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर, आइतबार यो निर्णय परिवर्तन गरेको हो । कञ्चनपुर-१ मा विघटित प्रतिनिधिसभा सदस्य तारा लामा तामाङ र बझाङमा पार्टी केन्द्रीय सदस्य ऐन महरालाई उम्मेदवार बनाइएको छ ।

तारा लामा तामाङ ले २०७९ को निर्वाचनमा कञ्चनपुर-१ बाट नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनकी साझा उम्मेदवार बिना मगरलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी यस क्षेत्रबाट बलियो आधार भएका नेता मानिन्छन् ।

यता, ऐन महर भने गत निर्वाचनमा गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग पराजित भएका थिए । यस पटक पार्टीले उनलाई फेरि अवसर दिएको छ ।

प्रतिक्रिया दिनुहोस्