Logo
Logo

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सिईओमा चालिसे सञ्चालकमा अग्रवाल नियुक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको २०७७ असोज २२ गते बसेको सञ्चालक समितिको ८४औं बैठकबाट विभोरकुमार अग्रवाललाई संस्थाको सञ्चालक नियुक्त गरेको छ । सञ्चालक अग्रवालले २०७७ कात्तिक ४ गते कम्पनीका अध्यक्ष कपिल ढकालबाट अनुसूची १ बमोजिमको पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहालीसमेत गरेका छन् ।

नयाँ सञ्चालक अग्रवालको अनुभवबाट आगामी दिनमा संस्थाले आफ्नो उद्देश्य प्राप्तिमा उच्चतम प्रगति हासिल गर्ने विश्वास साथ संस्थाले अझ बढी प्रगतिको बाटोमा अघि बढ्ने विश्वास रहेको संस्थाले लिएको छ ।

त्यसैगरी यही कात्तिक ४ गतेबाट लक्ष्मण चालिसेलाई यस संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । निज चालिसे विगत १६ वर्षदेखि विभिन्न वाणिज्य बैंकहरुको व्यवस्थापकीय पदमा कार्यरत रहेका थिए । १६ वर्ष अगाडि नेपाल बैंक लिमिटेडबाट बैंकिङ करिअर शुरु गरेका चालिसे २०६५ चैत ३ मा एनआईसी एशिया बैंकमा बरिष्ठ अधिकृतका रुपमा काम शुरु गरी हाल बैंकको वरिष्ठ प्रबन्धकको रुपमा काम गर्दै आएका थिए । चालिसेले व्यवस्थापन विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । चालिसेको अनुभवबाट संस्थाले आफ्नो उद्देश्य प्राप्तिमा उच्चतम व्यावसायिक प्रगति हासिल गर्ने विश्वास संस्थाले लिएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी स्थापना भएको एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्थाप्रतिको भरोसासहित हाल तत्काल खोलिएको शाखाहरुसहित ३३ जिल्लामा १०५ शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । साथीसँगै सवल बन्दै भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्