Logo
Logo

दुर्गा प्रसाईँको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र


1.1k
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको छ ।

प्रसाईँले गगन थापालाई नेपाली काँग्रेसको आधिकारिकता दिन ५२ करोड रकम लेनदेन गरेको आरोप लगाएपछि आयोगले प्रसाईँमाथि अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाउन ब्युरोलाई पत्राचार गरेको हो ।

सामाजिक सञ्जालमा प्रसाईँले लगाएको आरोप बारेको भिडियोका आधारमा आयोगले निर्णय गरी अनुसन्धान गर्न ब्युरोलाई पत्राचार गरेको जनाएको छ ।

गत शुक्रवार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले अद्यावधिक गर्ने निर्णय गरेपछि प्रसाईँले शनिवार आयोगले पैसा लिएर निर्णय गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्