
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट रमेश मल्ललाई उम्मेदवार बनाउने भएको छ ।
अघिल्लो पकट त्यहीबाट जितेका प्रकाश ज्वालाको समेत दाबी गरिरहेका बेला नेकपाले मल्ललाई टिकट दिने निर्णय गरेको हो । मल्ल विद्याथी राजनीतिबाट आएका नेता हुन् ।
तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष समेत रहेका उनी प्रचण्डको सचिवालयमा बसेर पनि काम गरेका थिए । मल्ल पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।











