काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् ।

सुर्खेत-१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिसमा भएका खड्का प्रचार-प्रसारका लागि देशभर जाने तर निर्वाचन नलड्ने भएका हुन् ।
उनले पार्टीलाई एक ढिक्का बनाउन देशभर रुख र चार तारे झण्डाको प्रचार प्रसारका लागि जाने बताएका छन् । नेता खड्काले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एक ढिक्का बनाउन लाग्ने आफूनिकट नेताहरूलाई बताएका छन् ।











