काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल चुनाव नलड्ने भएका छन् ।

नेकपाले खनालको नाम बाग्लुङ २ बाट अघि सारेको थियो । भौगोलिक कारण देखाउँदै खनाल बागलुङ जान नचाहँदा उक्त चुनावी क्षेत्रमा ज्ञामनाथ गैरेलाई नेकपाले उमेदवार बनाएको छ ।
बागलुङमा पार्टीले नाम अघि सारेपछि खनाल हौसिएका थिए । तथापि, २०२६ सालताका बागलुङ बसेको र लामो समयको ग्याप भइसकेकाले असहज हुन सक्ने खनालले आकलन गरेका थिए ।
खनालको सचिवालयका अनुसार खनालले पुरानै निर्वाचन क्षेत्र १ मा फर्कने इच्छा जाहेर गरे पनि अरूलाई नै टिकट दिइसकेपछि यसपटकको चुनाव नलड्ने निर्णय लिएका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावअन्तर्गत प्रत्यक्षतर्फ उमेदवार बन्न खनालले अन्तिमसम्म प्रयास गरेका थिए ।











