काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफू ४ वर्षसम्म काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि जनताका समस्या समाधान गर्न नसकेर मुकदर्शक बन्नुपरेको बताएका छन् ।

सोमबार जनकपुरमा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्ने क्रममा उनले माइतीघर मण्डलामा उखु किसानदेखि मिटरब्याज पीडितसम्मको आन्दोलन हुँदा मुकदर्शक बनेर बस्नुपरेको सुनाएका हुन् ।
उनले भने, ‘म करिब ४ वर्ष काठमाडौंको मेयरको रूपमा बसेँ । कोही मान्छेको भेट पनि गरिनँ । दैनिक माइतीघरमा मण्डलामा उखु किसानको आन्दोलन भयो, मिटरब्याज पीडितको आन्दोलन भयो । हामी मुकदर्शक भएर बस्नुपरेको थियो ।’
साथै, उनले काठमाडौंको मेयरको रूपमा त्यतिबेला केही गर्न नसकेको स्वीकार गरे । काठमाडौंको मेयरका रूपमा देशभरका ३५ पालिकामा एम्बुलेन्स पुर्याएको बताउँदै प्रधानमन्त्री हुँदा के के गर्न सकौँला रु भन्दै प्रश्न गरे ।
‘काठमाडौंको मेयरको रूपमा केही गर्न सकिएन । अब गरेर देखाउँछु । काठमाडौंमा रहेर ३५ पालिकाको एम्बुलेन्स बनाउन सकेँ, सङ्घ सरकारमा गएँ भने कति सकौँला रु,’ बालेनले भने ।
त्यस्तै शाहले सङ्घीयतालाई अझै बलियो बनाउन आवश्यक रहेको बताए । रास्वपाको सङ्घीयता र प्रदेश प्रतिको धारणाबारे प्रश्न उठेको भन्दै उनले प्रदेशलाई अझै बलियो बनाउने बताएका हुन् । उनले मधेसबाट काठमाडौं पशुपति घुम्न जाने भन्दै उनले अधिकार माग्न जानु नपर्ने बताएका हुन् ।











