Logo
Logo

सर्वोच्चको रिट फिर्ता हुँदैन : पूर्ण बहादुर खड्का


5.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय विरुद्धको सर्वोच्च अदालतमा पेश गरेको रिट फिर्ता नहुने स्पष्ट गरेका छन् ।

खड्काले  केही सञ्चारमाध्यमले रिट फिर्ता हुने भन्दै समाचार प्रकाशित गरेको भन्दै उनले त्यसमा सत्यता नरहेको स्पष्ट गरेका हुन् । 

उनले भनेका छन्, ‘केही सञ्चार माध्यममा आएका गलत समाचार बारे स्पष्ट होस्- २०८२ माघ २ गते काँग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अबैधानिक निर्णयका विरुद्धमा २०८२ माघ ४ गते सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रूपमा असत्य भएको म स्पष्ट पार्न चाहान्छु ।’

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि देउवा पक्षले सर्वोच्चमा रिट दायर गरेको छ । सर्वोच्चले सो रिट दर्ता गर्दै मङ्गलवारका लागि पेसी तोकेको छ ।

रिट दायर गरे पनि काँग्रेसका सबै पक्षले सभापति गगन थापाको हस्ताक्षरमै टिकट लिएर चुनावमा जाने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्