Logo
Logo

यी हुन् काँग्रेसले अहिलेसम्म टुङ्गाएका प्रतिनिधिसभा उम्मेदवार


10.9k
Shares

काठमाडौं । नेपाली काँग्रेसले पनि धमाधम टिकट वितरण टुङ्गाउन लागिरहेको छ । सभापति गगनकुमार थापाको नेतृत्वमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लामा टिकट वितरण गरिसकेको छ ।

जस अनुसार काँग्रेसले हुम्लामा जयपति रोकाया, मुगुमा खड्ग बहादुर शाही, जुम्लामा दीप बहादुर शाही, डोल्पामा कर्ण बहादुर बुढा, कालिकोटमा हर्ष बम, दैलेख-१ मा बासना थापा, दैलेख-२  मा दिक्पाल शाही, सल्यानमा केश बहादुर विष्ट, बाजुरामा  जनक गिरी, पूर्वी रूकुममा कुसुम थापा मगर, रोल्पामा डा. सुधन कुमार ओलीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै काँग्रेस प्युठानमा डा. गोविन्दराज पोखरेल, ताप्लेजुङमा गजेन्द्र तुम्येहाङ, पाँचथरमा नरेन्द्र केरूङ, बैतडीमा चतुर बहादु चन्द, तेह्रथुममा सन्तोष सुब्बा र धनकुटामा दिनेश राईलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै काँग्रेसले गोरखा-१ मा प्रेम कुमार खत्री र गोरखा- २ मा प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ ।    

काँग्रेसले उदयपुर- १ मा विदुर बस्नेत र २ मा रामकुमार राईलाई उम्मेदवार बनाएको छ भने ओखलढुङ्गामा रामहरि खतिवडा, मोरङ-३ मा सुनिल शर्मा, सुनसरी-४ मा ज्ञानेन्द्रबहादुर कार्की र सुनसरी-२ मा राजीव कोइरालालाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी काँग्रेसले गुल्मी-१ मा चन्द्र भण्डारी र गुल्मी-२ मा भुवन श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्