
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै शेरबहादुर देउवा समूहले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।
शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट दायर भएको रिट न्यायाधीश पोखरेलको एकल इजलासको ‘ङ’ नम्बरमा पेशी परेको छ । गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन गरेर गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
देउवा समूह उक्त विशेष महाधिवेश नै अवैधानिक भन्दै निर्वाचन आयोग पुगेको थियो । तर, आयोगले गगन नेतृत्वलाई मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च पुगेको थियो ।











