काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

उनी यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए । २०६४ देखि निरन्तर विजयी हुँदै आएका उनले यसपटक नयाँ दल गठन गरेर चुनावी मैदानमा होमिएका हुन् ।











