Logo
Logo

विनोद चौधरीले गराए नवलपरासी पश्चिमबाट उम्मेदवारी दर्ता


567
Shares

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नवलपरासी पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन् । पछिल्लो चुनावमा सोही क्षेत्रबाट चुनाव जितेका चौधरी यस पटक पनि उम्मेदवार बनेका हुन् ।

चौधरी नेपाली काँग्रेसमा परिवर्तनको पक्षमा उभिँदै विशेष महाधिवेशनमा सक्रिय रूपमा सहभागी भएका थिए ।

उनले उम्मेदवारी दर्ता पछि भनेका छन्,’म राजनीतिक परिवर्तनको पक्षमा छु । आर्थिक रुपान्तरणको पक्षमा छु । र, जेनजी मुभमेन्टले दिएको सन्देशको मर्मलाई मैले राम्रोसँग बुझेको छु । म यहाँबाट निर्वाचित भएको तीन बर्षमा समृद्ध नवलपरासीका लागि फाउण्डेसन तयार भएको छ । हामी सबैले प्रत्यक्ष देख्न सक्ने गरि नवलपरासी पश्चिमको विकास अभियान अगाडि बढेको छ । यस अभियानलाई पूर्णता दिन आवस्यक छ ।’

गत निर्वाचनमा  चौधरीले २९ हजार ५१९ मत प्राप्त गरेर जित हासिल गरेका थिए । उनले जनता प्रगतिशील पार्टीका हृदेश त्रिपाठीलाई ७ हजार १९१ मत अन्तरले  पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्