Logo
Logo

५ बजेसम्म २६५५ जनाको पर्यो


315
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फ साँझ ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता भएको छ । जसान महिलाको संख्या केवल ३०३ मात्रै छ । पुरुष उम्मेदवारको संख्या भने २ हजार ३५२ रहेको छ ।

The current image has no alternative text. The file name is: election-1.jpg

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकाले उम्मेदवारी दर्ता गर्न पाउनेछन् । कतिपय जिल्लामा रातिसम्म उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भएको हो ।

प्रतिक्रिया दिनुहोस्