
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन) निर्वाचन क्षेत्रमा होमिएका छन् । मंगलबार मात्र झापा–५ मा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका बालेन आज बिहानैदेखि मतदाताको घरदैलोमा निस्किएका हुन् ।
बालेनेका सचिवालयका अनुसार उनी बिहानैदेखि झापा– ५ मा घरदैलो अभियानमा हिँडेर मतदातासँग अन्तरक्रियामा व्यस्त भएका छन् । उनले समुदायका सवै वर्गका मतदाता जनतासँग भेटघाटलाई निरन्तरता दिएका छन् भने मतदाताको गुनासो सुनिरहेका छन् ।











