Logo
Logo

चुनावमा सामाजिक सञ्जाल दुरुपयोग रोक्न निगरानी बढाइने


567
Shares

काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाउने निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: nigrani.jpg

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षा योजना र तयारीबारे समीक्षा गरिएको हो । बैठकमा सुरक्षा अधिकारीहरूले सामाजिक सञ्जालको दुरुपयोग बढ्न सक्ने सम्भावना उल्लेख गर्दै आवश्यक निगरानी र कारबाहीको तयारी गर्न सुझाव दिएका थिए ।

बैठकमा गृह तथा रक्षासचिवसहित चारवटै सुरक्षा निकायका प्रमुख र प्रतिनिधि सहभागी थिए। बैठकले प्रतिनिधिसभा निर्वाचन लक्षित एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरूले गरिरहेका काम, जनशक्ति परिचालन र बन्दोबस्तीको तयारीबारे बृहत् समीक्षा गरेको छ।

बैठकले निर्वाचनको समयमा समन्वयका लागि गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको छ । साथै, राजनीतिक दल र उम्मेदवारहरूको प्रचार-प्रसार व्यवस्थित गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिइने निर्णय समेत गरिएको छ ।

सरकारको यो कदम सामाजिक सञ्जाल मार्फत हुने गैरकानुनी गतिविधि र दुरुपयोग नियन्त्रण गर्ने उद्देश्यका साथ सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्