Logo
Logo

अमेरिकाले फेरि गर्यो ८० नेपाली डिपोर्ट


504
Shares

काठमाडौं । अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपाली नागरिकलाई काठमाडौंमा फर्काएर डिपोर्ट गरेको छ।

The current image has no alternative text. The file name is: Trump-1.jpg

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेमध्ये ७९ जना पुरुष र १ महिला छन् । उनीहरू मध्ये केहीको कागजात हराएको, केही गैरकानुनी रूपमा बसोबास गरेको र अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेको पाइएपछि उनीहरू डिपोर्ट गरिएको हो ।

डिपोर्ट भएका नागरिकहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइएको थियो । ब्युरोका अधिकारीहरूले उनीहरूसँग सोधपुछ गरी परिवारको जिम्मा लगाएका छन् । यदि कसैले गैरकानुनी रूपमा अमेरिका पठाइएको अनुभव गरेका भए, उजुरी दिन ब्युरोले आग्रह पनि गरेको छ ।

यसअघि पनि अमेरिकाले चरणबद्ध रूपमा नेपाली नागरिकलाई डिपोर्ट गर्दै आएको छ । यस पटकको डिपोर्ट पनि अमेरिकामा गैरकानुनी बसोबास र अध्यागमन नियम उल्लंघन नियन्त्रण गर्ने प्रयासको हिस्सा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्