Logo
Logo

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, १ को मृत्यु, ८ घाइते


630
Shares

गुल्मी । गुल्मीको रुरु गाउँपालिका-१ खोल्टेपानीस्थित मदन भण्डारी सडक रिडी-खर्ज्याङ खण्डमा बुधबार दिउँसो मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: jeep-accident.jpg

पाल्पाको जोगिथुमबाट रिडी घाटतर्फ मलामी लिएर आउँदै गरेको लु १ च ६९८५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेको थियो ।

घाइतेहरूलाई उद्धार गरी रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा पठाइए पनि पाल्पा रिब्दिकोट-१ का २६ वर्षीय टिकाराम कुमाललाई चिकित्सकले मृत घोषणा गरेका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

अन्य आठ घाइतेको अवस्था मध्यम रहेको र उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्