Logo
Logo

जापानले विश्वकै ठूलो आणविक प्लान्ट पुनः सञ्चालनमा ल्यायो


630
Shares

एजेन्सी । जापानले विश्वको सबैभन्दा ठूलो आणविक प्लान्ट पुनः शुरू गरेको छ । सन् २०११ को शक्तिशाली भूकम्प र त्यसपछि आएको फुकुशिमा आणविक प्रकोपका कारण बन्द भएको झन्डै १५ वर्षपछि काशीवाजाकी-कारीवा प्लान्टको रिएक्टर नम्बर ६ आज पुनः सञ्चालनमा आएको बीबीसीले जनाएको छ ।

The current image has no alternative text. The file name is: japan.jpg

अधिकारीहरूले भनेका छन् कि अर्को महिनादेखि यो व्यावसायिक रूपमा सञ्चालन शुरू हुन सक्नेछ । यो जापानको आणविक ऊर्जा पुनः शुरू गर्ने प्रक्रियाको पछिल्लो चरण हो । प्लान्टको सातौँ रिएक्टर २०३० सम्म सञ्चालनमा आउने सम्भावना छैन, जबकि बाँकी पाँच रिएक्टर अझै बन्द रहन सक्छन् ।

सन् २०११ भन्दाअघि जापानको बिजुलीको लगभग ३० प्रतिशत हिस्सा आणविक ऊर्जाबाट उत्पादन हुन्थ्यो र सरकारको लक्ष्य २०३० सम्म यसलाई ५० प्रतिशत पुर्‍याउने छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको अनुमान अनुसार सन् २०५० सम्म विश्वको आणविक ऊर्जा क्षमता दोब्बरभन्दा बढी हुन सक्छ ।

जापानकी प्रधानमन्त्री साने ताकाचीले देशको ऊर्जा आत्मनिर्भरतामा आणविक ऊर्जाको महत्त्वमा जोड दिँदै, विशेषतः डाटा सेन्टर र सेमिकन्डक्टर उद्योगको बढ्दो ऊर्जा मागलाई समेत ध्यानमा राख्नुपर्ने बताएका छन् ।

पुनः सञ्चालन प्रयास गर्दा रिएक्टरहरूको लागत वृद्धि भएको छ नयाँ सुरक्षा जाँच र मर्मतसम्भारका कारण प्लान्ट सञ्चालन गर्ने कम्पनीहरूलाई ठूलो लगानी गर्नुपर्ने खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्