Logo
Logo

जनता २१ फागुनको प्रतीक्षामा छन् : प्रचण्ड


189
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशभरका जनता व्यग्रताका साथ २१ फागुनको निर्वाचनलाई कुरी रहेको बताए । अहिले विद्यमान संकट निर्वाचनबाट मात्रै पार हुन सक्ने भन्दै प्रचण्डले सिङ्गो राष्ट्र निर्वाचनमय बनेको बताएका छन् ।

The current image has no alternative text. The file name is: prachand.jpg

नेकपा एमाले ओखलढुंगाका अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीहरूलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउन शुक्रवार आयोजित कार्यक्रममा प्रचण्डल मुलुक अझै पनि सङ्कटमा भने रहेको बताए । उनले भने, देश अझै पनि सङ्कटमा छ । दुर्घटना टरिसक्यो भन्ने अवस्था छैन,’ २३ र २४ भदौका घटनाहरू उल्लेख गर्दै उनले भने, ‘देशभरका जनताबीच दरो एकता पैदा गर्न सकिएन भने दुर्घटना रोक्न सकिँदैन ।’

अरूको मुख ताकेर र हेरर बस्ने अवस्था नरहेको भन्दै प्रचण्डले पार्टीलाई थप एकताबद्ध बनाउन आवश्यक रहेको बताए । जेनजी आन्दोलनपछिको सङ्कटपूर्ण समयमा आफू र माधवकुमार नेपालले दिएको सल्लाहअनुसार नै मुलुक चुनावमा गएको भन्दै उनले यतिबेला सिङ्गो देश चुनावमय बनेको बताए । 

उनले भने, ‘भदौ २६ गते मैले र माधवकुमार नेपालले रातभर छलफल ग¥यौं । देशलाई कसरी बचाउन सकिन्छ, गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी समानुपातिक प्रतिनिधित्वलाई कसरी जोगाउन सकिन्छ भनेर हामी चिन्तित थियो । त्यसैअनुसार अन्तरिम सरकार बन्यो । अहिले सिङ्गै राष्ट्र निर्वाचनमय भएको छ । जनता व्यग्रताका साथ २१ फागुनको प्रतीक्षामा छन् ।’

प्रतिक्रिया दिनुहोस्