Logo
Logo

काठमाडौं-ल्हासा पुनः बस सेवा सञ्चालनमा सहमति


630
Shares

काठमाडौँ । नेपाल-चीन वाणिज्य सचिवस्तरीय बैठकले काठमाडौं-ल्हासा पुनः बस सेवा सञ्चालन गर्ने सहमति गरेको छ ।

The current image has no alternative text. The file name is: lhasa.jpg

साथै बैठकले पूर्वाधार निर्माणलाई गति दिने र सीमा व्यवस्थापन प्रणाली सुधार गर्ने विषयमा पनि साझा समझदारी बनाएको छ।

माघ ६-७ मा चीनको ल्हासामा सम्पन्न तेस्रो नेपाल-चीन वाणिज्य सचिवस्तरीय बैठकमा द्विपक्षीय व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण, प्राविधिक सहकार्य तथा व्यापारिक पूर्वाधार विकासका विविध विषयमा बृहत् छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरेले गरेका थिए भने चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व सिजाङ तिब्बत स्वायत्त क्षेत्रीय जनसरकारका उपाध्यक्ष चाओ पेङले गरेका थिए।

बैठकले आगामी चौथो वाणिज्य सचिवस्तरीय बैठक सन् २०२७ मा नेपालमा आयोजना गर्ने सहमति पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्