Logo
Logo

सरकारी रकम नबुझाउने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक (सूची)


2.8k
Shares

काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले सूचना जारी गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरी लगायतको तीनपुस्ते विवरण सार्वजनिक गरेको हो ।

कार्यालयले ती व्यक्तिलाई ३५ दिनभित्र साँवा ब्याज तिर्न भनेको छ । अन्यथा उनीहरुको चल अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोमिज असुल उपर गर्ने चेतावनी दिइएको छ ।

सार्वजनिक सूचनामा लेखिएअनुसार सरकारी रकम तिर्न बाँकी हुनेहरुको लगत कायम गरी उनीहरुको नाम वेबसाइटमा राखेर रकम बुझाउन आउन भनी विगतका वर्षहरुमा पनि पटक–पटक सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । साथै घर ठेगानामामा पत्राचार गरी उपस्थित हुन भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्