
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान जारी छ । निर्वाचन कार्यालय प्रमुख प्रेम भट्टका अनुसार अहिलेसम्म एक सय ४८ मत खसेका छन् ।
सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेश सभाका ५१ गरी २२४ मतदाता छन् । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले गठबन्धन गरेका छन् भने उनीहरूविरुद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारी दिएको छ ।
कांग्रेसबाट खम्मबहादुर खाती, एमालेबाट लीलाकुमारी भण्डारी, नेकपाबाट टीकाराम जैसी र रोजी बस्नेत सुनार उम्मेदवार रहेका छन् । सुदुरपश्चिममा तीन सिटका लागि मतदान भइरहेको हो ।











