Logo
Logo

गण्डकीमा खुलाबाट कांग्रेसका जगत तिमिल्सिना विजयी


630
Shares

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा भएको निर्वाचनमा अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् । उनले ५ हजार ३३ मतभार पाए ।

गण्डकीका २ सय २८ मतदातामध्ये २ सय २३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन् ।

यसरी हिसाब गर्दा सत्ता गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्नेमा तिमिल्सिनाले ७२ मतभार कम पाएका हुन् । यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गरिसकेको छैन ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट कपिल लामा र राष्ट्रिय जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको थियो । मतदानमा सहभागी नभएका पालिका तर्फका तीनैजना मतदाता सत्ता गठबन्धनका हुन् ।

प्रतिक्रिया दिनुहोस्