Logo
Logo

काठमाडौंमा बढ्यो वायु प्रदूषण, विश्वकै ९ नम्बरमा 


189
Shares

काठमाडौं । काठमाडौंको वायु प्रदूषण बढ्दै गएको छ । वायु प्रदूषण मापनमा सोमबार बिहान काठमाडौं उपत्यका विश्वमै नवौँ स्थानमा परेको छ । 

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार सोमबार बिहान काठमाडौंको समग्र एक्यूआई १७४ छ । 

यतिबेला वायु प्रदूषणको दृष्टिले बंगलादेशको ढाका पहिलो नम्बरमा छ । त्यहाँको एक्यूआई यतिबेला २७३ छ । दोस्रोमा भारतको कोलकता र तेस्रोमा चीनको उहान सहर छ । विगत लामो समयदेखि पानी नपर्दा काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको हो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ ।  तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ । 

५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहनु अथवा पहेँलो सङ्केत दिइन्छ । एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ ।

दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चारसय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ ।

काठमाडौं उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्