Logo
Logo

नेपालगञ्जमा बालेन समर्थक गाडीबाट खस्दा ५ जना घाइते


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकै सडकमा गाडीबाट खस्दा पाँच जना घाइते भएका छन्।

The current image has no alternative text. The file name is: jpg.jpg

बालेन शाह नेपालगञ्ज पुग्ने कार्यक्रमसँगै उनका समर्थकहरू राँझा विमानस्थल क्षेत्रमा पुगेका थिए । यस क्रममा समर्थक सवार एक गाडीको पछाडिको ढालाबाट केही व्यक्ति खसेका जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिए ।

उनका अनुसार ४–५ जना समर्थक गाडीबाट खसेका हुन् । “विमानस्थलभित्रकै सडक भएकाले गाडी तीव्र गतिमा थिएन, घाइतेहरू सबैको अवस्था सामान्य छ,” एसपी जिसीले बताए।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन शाह रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत बनेका छन् । उनी हाल चुनावी प्रचार–प्रसारका लागि पश्चिम नेपालमा छन् ।

झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन पूर्वी पहाडी जिल्लाको भ्रमण सकेर काठमाडौं फर्किएका थिए। त्यसपछि उनी सोमबार पश्चिमतर्फको चुनावी अभियानमा निस्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्