Logo
Logo

चुनावी अभियानका क्रममा गगन थापा सर्लाही पुगे


567
Shares

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ आइपुगेका छन् । थापा सोमबार दिउँसो काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका हुन् ।

The current image has no alternative text. The file name is: gagan-8.jpg

प्रधानमन्त्रीका उम्मेदवारसमेत घोषणा भइसकेका थापालाई पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाही–रौतहट सीमामा पर्ने बागमती कर्मैयामा पार्टीका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

स्वागतपछि थापा मुर्तियास्थित मुक्तेश्वर मन्दिरमा दर्शन गरेर निर्वाचन क्षेत्र नम्बर-४ तर्फ प्रस्थान गरेका छन् ।

पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मधेश प्रदेश पुगेका थापालाई मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य मन्त्री जंगीलाल राय, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, जिल्ला सभापति डा. सरोजकुमारसहित हजारौं नेता-कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्