Logo
Logo

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न


0
Shares

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।

The current image has no alternative text. The file name is: matpatra.jpg

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सोमबार समानुपातिकतर्फका २ करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइ सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए ।

उनका अनुसार केन्द्रले आजैबाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य पनि सुरु गर्ने छ । यसअघि केन्द्रले १० लाख ९८ हजार २०० प्रति नमूना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई पठाइसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्