Logo
Logo

मोहन बस्नेतविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत जोडिएको टेरामक्स भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ जारी छ ।

मंगलबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, मेहन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको हो ।

यस प्रकरणमा तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित १९ प्रतिवादी उपर ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनी समेतले नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरिदमा भ्रष्टाचार गरेको आरोप छ ।

यसअघि विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले यसैसँग सम्बन्धित सर्वोच्चका दुईवटा आदेश मगाउन भनेको थियो।

टेरामक्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७६ वैशाख २० गते भएको निर्णयविरुद्ध भानराइज सोलुसनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

२०७६ जेठ २० गते दायर रिटमा सर्वोच्च अदालतले २०७८ वैशाख १४ गते आदेश दिएको थियो। यही विषयसँग सम्बन्धित अर्को रिट निवेदनमा भएको आदेशको प्रमाणित प्रतिलिपि पनि सर्वोच्चबाट विशेष अदालतले झिकाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्