काठमाडौं । रास्वपा सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।

उनका सचिवालयका अनुसार, गत ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो ।
तर उक्त चोट छालाको भित्री तहसम्म संक्रमण भएको पुष्टि भएको छ । चिकित्सकहरूको सल्लाहअनुसार, संक्रमण जोखिम उच्च भएकाले लामिछानेलाई केही दिन अस्पतालमै निगरानीमा राखेर उपचार गर्नुपर्ने बताइएको छ ।
सचिवालयले भनेको छ, ‘चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचारपछि मात्र नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किनु हुनेछ ।’
साथै, अस्पतालमा अन्य बिरामीहरूको उपचारमा असर नपरोस् र प्रशासनलाई असहज नबनोस् भनी भेटघाटका लागि अस्पताल नआउन पनि सचिवालयले आग्रह गरेको छ।











