
काठमाडौं । बाराको परवानीपुर गाउँपालिका–१ रहरीयामा धारिलो हतियार प्रहार गरेर आमाछोराको हत्या भएको छ ।
गएराति परवानीपुरको रहरीया टोलमा अज्ञात व्यक्तिले घरभित्रै पसेर ४६ वर्षीया सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या गरेको हो ।
धारिलो हतियार प्रहारबाट मृतक महिलाका पति ५० वर्षीय जगरुप र छाेरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् ।उनीहरूको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको बाराका डीएसपपी विजयराज पण्डितले जानकारी दिए ।
रामेश्वरसँगै सुतेकी उनकी श्रीमती २८ वर्षीय मनिता देवी भने सकुशल छिन् । उनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । हत्याराको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











