Logo
Logo

काठमाडौं ६ मा उठेका विप्लवका विश्वासपात्र नेकपा प्रवेश


630
Shares

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवं विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच पार्टीका संयोजक प्रचण्डले आज ढकालसहित अखिल (समाजवादी) का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीलगायत ८ जना केन्द्रीय सदस्यलाई पार्टीमा भित्र्याए ।

अधिवक्तासमेत रहेका ढकाल प्रतिनिधिसभा काठमाडौं– ६ बाट प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन् । उनी पछिल्लो समय विप्लव तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का विश्वास पात्र थिए ।

प्रतिक्रिया दिनुहोस्