Logo
Logo

चुनावको मुखमा राष्ट्रपति-उपराष्ट्रपति विदेश भ्रमणमा जाने तयारीमा


1.1k
Shares

काठमाडौँ । फागुन २१ गते प्रतिनिधि सभा चुनाव हुन लाग्दा पनि राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादव विदेश भ्रमणमा जाने तयारीमा छन् ।

The current image has no alternative text. The file name is: ramchandra-ramsahaya.jpg

परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार राष्ट्रपति पौडेल माघ १८ गते जापानको चार दिने औपचारिक भ्रमणका लागि जानेछन् । नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा जापान सरकारले उनीलाई भ्रमणका लागि निमन्त्रणा गरेको हो । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको थियो । जापानमा पनि अहिले चुनावको तयारी जारी छ ।

राष्ट्रपति पौडेल फर्केका दिन उपराष्ट्रपति यादव युएई जाने कार्यक्रम तय छ । उनी त्यहाँ हुने ‘वर्ल्ड गभर्मेन्ट समिट’ मा सहभागी हुनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादवको कार्यक्रम पहिल्यै तय भएकोले राष्ट्रपति पौडेलको भ्रमण छोटो बनाइएको हो ।

नेपालमा प्रचलित परम्परा अनुसार राष्ट्रपति र उपराष्ट्रपति एकै समयमा देश बाहिर नहुने भएकाले पनि भ्रमण अवधि सानो गरिएको बताइएको छ ।

यसअघि जापान सरकारले नेपाल–जापान सम्बन्ध प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै सन् २०२० मा राष्ट्रपति पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मान गरेको थियो । त्यसबेला उनी कांग्रेसका वरिष्ठ नेता थिए ।

प्रतिक्रिया दिनुहोस्