Logo
Logo

पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित


819
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालबाट ८ जना नेता निष्काशित भएका छन् ।

The current image has no alternative text. The file name is: pradip-yadav-2.jpg

बुधबार पार्टी संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व खानेपानीमन्त्री प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्काशित गरिएको जानकारी दिइएको छ ।

विज्ञप्ति अनुसार, उनीहरूले पार्टीको नीति र निर्णयको विपरीत प्रत्यक्ष निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवारी दर्ता गरेका, साथै पार्टी हित, अनुशासन र विधानको उल्लङ्घन गरेको कारण निष्काशन गरिएको हो ।

निष्काशित नेताहरू:

प्रदीप यादव , चन्दन कुमार सिंह , आत्माराम साह , कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र , हरिनारायण यादव , नवल किशोर सिंह , डा. शिवजी यादव ।

प्रतिक्रिया दिनुहोस्