Logo
Logo

नर्वेली राजदूतसँग प्रधानमन्त्री कार्कीको शिष्टाचार भेट


567
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेका राजदूत ड्याग्नी मियोसले आज शिष्टाचार भेट गरेका छन्।

The current image has no alternative text. The file name is: bhet-1.jpg

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल-नर्वे द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।

उक्त अवसरमा राजदूत मियोसले नेपालकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन शान्तिपूर्ण र निर्बाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । साथै उनले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु परिवर्तन तथा दिगो विकासका क्षेत्रमा नर्वेले गर्दै आएको सहयोगको स्मरण गराउँदै आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री कार्कीले असामान्य राजनीतिक परिस्थितिमा आफू सरकारको नेतृत्वमा आउनुपरेको उल्लेख गर्दै अब मुलुक क्रमशः सामान्य अवस्थामा फर्कँदै निर्वाचनतर्फ उन्मुख भएको बताइन् । नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनप्रति उनले धन्यवाद पनि व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्की र राजदूत मियोसबीचको यो पहिलो औपचारिक भेट हो ।

प्रतिक्रिया दिनुहोस्