Logo
Logo

एमाले उम्मेदवार नन्दराम बने जनार्दनको चुनावी कमाण्डर


2.6k
Shares

रुकुम पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा एमालेबीच चुनावी तालमेलपछि संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

The current image has no alternative text. The file name is: janardan.jpg

मुसिकोटमा बसेको संयुक्त बैठकले नेकपा एमालेका जिल्ला अध्यक्ष तथा उम्मेदवार नन्दराम देवकोटाको संयोजकत्वमा ५५५ सदस्यीय कमिटी निर्माण गरेको हो ।

बुधबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिँदै संयोजक देवकोटाले भोलिदेखि संयुक्त चुनावी प्रचार सुरु हुने बताए । केन्द्रको चुनावी तालमेलअनुसार देवकोटाले आफ्नो उम्मेदवारीबाट पछि हट्दै प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई जिताउने जिम्मेवारी लिएका छन् ।

देवकोटाले जिल्लाका सबै एमाले कार्यकर्ता तथा मतदातालाई प्रत्यक्षतर्फ आँखा चुनाव चिन्हमा र समानुपातिकतर्फ सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

उम्मेदवार जनार्दन शर्माले एमालेसँगको तालमेलले आफ्नो जित थप सुनिश्चित भएको दाबी गर्दै साझा उम्मेदवारका रूपमा निर्वाचनमा होमिन पाउँदा गर्व महसुस भएको बताए । उनले जिल्लाको समग्र विकासका बाँकी कामहरू पनि सबै दलको सहकार्यमा अघि बढाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्