Logo
Logo

हुस्सु-कुहिरोले हवाई उडान प्रभावित


441
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लामा आज बिहान बाक्लो हुस्सु-कुहिरो लागेको छ । हुस्सु-कुहिरोका कारण पारदर्शिता कम हुँदा हवाई उडान समेत प्रभावित भएका छन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ । भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, वनेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरूमा आज बिहानका उडान डिले भएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो परेको पानीका कारण हुस्सुकुहिरो लागेको हो । वाष्पीकरणका बेला माथिल्लो वायुमण्डलको तापक्रम चिसो भएकाले पानीका साना साना कण तल धकेलिएर जमिनमै रोकिँदा हुस्सु/कुहिरो लागेको हो । यो अवस्था दिउँसोदेखि क्रमश: हटेर जाने मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्