Logo
Logo

प्रचण्डको एकता आह्वानप्रति विप्लवको कटाक्ष


693
Shares

काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सबै कम्युनिस्ट पार्टीहरूका बीचमा मोर्चा र सहकार्यको लागि आफू तयार रहेको बताएका छन् ।

बुधबार नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकतामा आउन आग्रह गरेकोप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकताको लागि तयार रहेको बताएका हुन् ।

यद्यपी उनले चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ भनेका छन् ।

‘चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र हो‌,’ उनले भनेका छन्, ‘यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतीहारा मात्र पर्छ ।’

अनेकौँ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यमा अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र संभावनाको केन्द्र भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्