Logo
Logo

हिजोका खराब कुरा सबै छाड्यौँ : गगन थापा 


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस सुधारिएको कांग्रेस भएको बताएका छन् । शुक्रवार सर्लाही-४ को चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले मतदातालाई विगतमा रहेका नराम्रा पक्ष सबै सुधार गरेर आएको बताएका हुन् । 

उनले भने,‘अहिलेको कांग्रेससँग हिजोको कांग्रेसका राम्रा कुरा सबै छन् । हिजोको सबै कुरा खराब हुँदैन । हिजोको सबै खराब हुने भए हाम्रो स्वास्थ्य खराब हुन्थ्यो । हाम्रा भगवान्, मन्दिर, मस्जित खराब हुनुपर्ने । हाम्रा पितापुर्खा खराब हुनुपर्ने । बालबालिका मात्रै राम्रा हुनुपर्ने  । त्यसो होइन । हामीलाई हाम्रो राम्रा कुराको इतिहाससँग गौरव छ । त्यो हाम्रो परम्परा हो, संस्कृति हो ।’

हिजोका खराब कुरा मात्रै सबै छाडेको थापाले बताए । उनले भने, ‘हिजोका खराब कुरालाई मात्रै छाड्ने हो । नयाँ समयको नयाँ मागलाई हेर्ने हो ।’

अहिलेको कांग्रेस त्यही कुरा मनन् गरेर आएको बताउँदै उनले भने, ‘यो कांग्रेससँग पाँच वर्षको योजना छ, सोच छ, देश बदल्ने । हिजोका गल्ती कमजोरी यो काँग्रेसले दोहोर्‍याउँदैन ।’  यसक्रममा भ्रष्टाचार, कुशासन अन्त्य गरेर वर्षौँसम्म गर्छु भनेर गर्न नसकेका कामहरू पूरा गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्