Logo
Logo

स्थानीय तह निर्वाचनअघि १५औँ महाधिवेशन हुन्छ : गगन थापा


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औँ महाधिवेशन हुने बताएका छन् ।काठमाडौं–४ मा शनिवार चुनाव लक्षित कार्यक्रममा बोल्दै उनले  आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ मार्फत् वडाबाटै उम्मेदवार चुनिने पनि बताए ।

उनले भने , ‘अब नयाँ स्थानीय चुनावभन्दा, नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ । नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीभित्र यि सबै कुराहरू, चुनावको उम्मेदवारको टिकट प्राइमरीबाट वडाका साथीहरूले छान्नुहुन्छ ।’

उनले अब कांग्रेसमा उम्मेदवारको टिकटका लागि आकांक्षी कसैले पनि सभापति र महामन्त्रीको घर धाउनु नपर्ने पनि जिकिर गरे । ‘अब कसैले पनि पार्टी सभापतिको घर धाउनु पर्दैन । कसैले पनि पार्टी महामन्त्रीको घर धाउनु पर्दैन,’ थापाले भने ।

सभापति थापाले कांग्रेसमा गुटबन्दीसँगै ६०–४० को भागबण्डाको पनि अन्त्य भएको बताए । ‘यो पार्टीमा कुनै गुट पनि छैन अब । यो पार्टीभित्र हिजोको जस्तो ६०–४० पनि सकियो,’ उनले भने, ‘यहाँ कुनै भागबण्डा छैन । कांग्रेसले पार्टीभित्र पनि भागबण्डा गर्दैन, बाहिर पनि गर्दैन । सबैलाई समान व्यवहार गर्ने गरीकन पार्टी चल्छ ।’

नागरिक र पार्टीका सदस्यलाई बलियो बनाउने अभियानमा लागेको बताउँदै थापाले भने, ‘यो बदलिएको कांग्रेस हो । यहाँ कोहीसँग पनि पार्टी सभापतिको अँध्यारो कोठामा कोहीसँग पनि अप्राकृतिक सम्बन्ध हुँदैन । कोहीसँग हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्