Logo
Logo

रेशम चौधरीको रिट न्यायाधीश मल्ल र मुसलमानको इजलासमा


126
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ ।

चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध दायर गरेको रिटमाथि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ तय भएको हो ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली–१ मा चौधरीले दिएको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै चौधरीले माघ ९ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

माघ ८ गते निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको थियो । यसअघि प्रारम्भिक सुनुवाइको क्रममा न्यायाधीश बालकृष्ण ढकालको इनलासले माघ ११ गते विपक्षीका नाममा कारण देखाऊ आदेश र अन्तरिम आदेश सम्बन्धि छलफलमा बोलाएको थियो ।

त्यस्तै माघ १५ गते न्यायाधीश बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको थियो । तर कारण देखाऊ आदेश जारी भए पनि जबाफ पेस नहुँदा अघिल्लो आदेशलाई नै निरन्तरता दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्