Logo
Logo

प्रत्यक्षतर्फका २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सम्पन्न


378
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका २५ जिल्लाका ३० लाख मतपत्रको छपाइ सम्पन्न भएको छ ।

The current image has no alternative text. The file name is: matpatra.jpg

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म विभिन्न २५ जिल्लाका लागि आवश्यक ३० लाख मतपत्र छापिसकिएको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले भने, “२५ जिल्लाका प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सकिएको छ । अब १ करोड ७० लाख मतपत्र छाप्न बाँकी छ ।”

उनका अनुसार दैनिक १२ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ । हालको गतिमा छपाइ कार्य अघि बढेमा आयोगले तय गरेको कार्यतालिकाभित्रै सबै मतपत्र छपाइ सम्पन्न हुने जनाएको छ ।

“निर्धारित कार्यतालिकाअनुसार सबै काम तोकिएको समयमै सकिने गरी अघि बढिरहेका छौँ,” प्रवक्ता भट्टराईले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्