Logo
Logo

साइबर ब्युरो रहेको भवन महानगरलाई प्रयोग गर्न गृहको सहमति


441
Shares

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भोटाहिटीको भवन काठमाडौं महानगरपालिकाले प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको छ।

The current image has no alternative text. The file name is: cyber-beuro.jpg

भोटाहिटीमा रहेको कित्ता नम्बर ३५३, ३५४ र ३५५ मा पर्ने कुल ४ आना, २ पैसा, १ दाम जग्गा र त्यसमा बनेको भवन अब काठमाडौं महानगरले प्रयोग गर्नेछन् । यसको बदला महानगरले रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको ७ रोपनी, २ पैसा, ३ दाम जग्गा सरकारको नाममा दर्ता गर्न सहमति जनाएको छ ।

गृह मन्त्रालयमा भएको दुई पक्षबीचको छलफलपछि उपसचिव वर्तराज पौडेलले निर्णयको जानकारी दिएका छन् ।

यसअघि काठमाडौं महानगरले भोटाहिटीको उक्त भवनमा वडा कार्यालय सञ्चालन गर्न माग गर्दै आएको थियो ।

सरकारी जग्गाको संरक्षण स्थानीय तहले गर्ने व्यवस्था कानूनमा भए पनि, उपभोक्ता निकायसँग समन्वय र सम्झौता गरी मात्र प्रयोग गर्न पाइने कानूनी प्रावधानअनुसार महानगरले गृह मन्त्रालयसँग सहमति लिएको हो ।

प्रतिक्रिया दिनुहोस्