Logo
Logo

फेरि हिउँ र पानी पर्ने सम्भावना


1.1k
Shares

काठमाडौं । यही २० माघ मंगलबार नेपालका केही भेगमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

The current image has no alternative text. The file name is: manaslu-area-himpat-snow.jpg

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भेगमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना छ। लुम्बिनी, बागमती र कोशी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का हिउँ र पानी पर्न सक्ने अनुमान गरिएको छ।

त्यसैगरी सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराई भू(भागका एक–दुई ठाउँमा छिटपुट पानी पर्ने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले हिमाली र उच्च पहाडी भेगमा मध्यम खालको हिउँ र पानी पर्ने स्थानलाई पहेँलो रंगले संकेत गर्दै सावधानी अपनाउन अनुरोध गरेको छ।

माघ महिनामा हिउँ र पानी पार्ने प्रणाली नेपालभित्रिएको यो तेस्रो पटक हो। यसअघि ९–१० माघ र १३–१४ माघमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हिउँ र पानी परेको थियो। २० माघदेखि प्रभाव देखाउने प्रणाली अघिल्ला प्रणालीभन्दा केही कमजोर रहेको मौसमविद् पौडेलले बताए।

उनी भन्छन्, “अघिल्लो हप्ताको तुलनामा यस प्रणालीबाट धेरै हिउँ र पानी पर्ने सम्भावना कम छ।”

मंगलबारको प्रणाली पछि २१ माघ बुधबारदेखि मौसम क्रमिक सुधारतर्फ जान्छ ।

जल तथा मौसम विज्ञान विभागका रेकर्ड अनुसार, नेपालमा हिउँद अवधि सामान्यतया मंसिर १६ देखि फागुन १५ सम्म रहन्छ र यस अवधिमा सरदर करिब ६० मिलिमिटर पानी पर्ने गर्दछ। तर यस वर्ष मंसिर १६ देखि १३ माघसम्म मात्र ३।६ मिलिमिटर पानी परेको छ, जसले हिउँद ऋतु केही सुक्खा रहेको देखाउँछ।

प्रतिक्रिया दिनुहोस्