Logo
Logo

प्रतिनिधिसभा निर्वाचनः आचारसंहिता उल्लङ्घनको सूचना र उजुरीका लागि अलग इमेल व्यवस्था


0
Shares

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना र उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ ।

The current image has no alternative text. The file name is: nirwachan-ayog.jpg

नागरिकहरूले प्रमाणसहित उजुरी पठाउन सक्नेछन् भने उजुरी दिने व्यक्तिको पहिचान गोप्य राखिनेछ ।

जिल्लास्तरमा आचारसंहिता अनुगमन प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारीहरू आर्थिकबाहेकका विषयको र प्रमुख कोष नियन्त्रक आर्थिक विषयको अनुगमन गर्न नियुक्त गरिएको छ। आयोगले दल, उम्मेदवार, सञ्चारकर्मी र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आचारसंहिता पालनामा ध्यान दिएको जनाएको छ।

उम्मेदवार र राजनीतिक दलका लागि निर्वाचन खर्च पारदर्शी बनाउन राष्ट्र बैंकमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ। आयोगले प्राप्त उजुरीका आधारमा कारबाही अघि बढाउँदै आएको र हालसम्म २१ उजुरीमध्ये १२ को जवाफ प्राप्त भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्