Logo
Logo

ओली, गगनलगायतको नाम लिँदै ठगी गर्ने अमेरिकी नागरिक पक्राउ


567
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरीलगायत १३ जना नेताहरूको नाममा ठगी गरेको पाइएपछि अध्यागमन कार्यालयले ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

अन्तराष्ट्रियस्तरमा फन्ड उठाउने उद्देश्यले कलेजको वेभसाइटमा विभिन्न दलका नेताहरूलाई ‘आवर डाइनामिक टिम’ भनेर नाम उल्लेख गरी परिचयको दुरुपयोग गरेको अध्यागमनले जनाएको छ ।

त्यसैगरी लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीहरूको समेत नाम उल्लेख गरेको अनुसन्धानमा खुलेको छ ।

सो कलेजले अध्यापन गराउने विषयहरू कोरियन स्टडिज, एआइ सफ्टवेयर इन्जिनियरिङ्, बिजनेस् स्टडिज आदि देखाइएको कलेजको वेभसाइटमा उल्लेख छ ।

सन् २०१४ देखि विभिन्न प्रयोजनका लागि नेपाल आवतजावत गरेका उनले करिब १२ वर्षको अवधीमा ५० भन्दा बढीपटक नेपाल भ्रमण गरेका छन् ।

ति अमेरिकी नागरिक पर्यटक, वर्किङ्, व्यावसायिक लगायतका भिसामा नेपाल बस्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्