Logo
Logo

आयोगले बालेनलाई दोस्रोपटक स्पष्टीकरण सोध्यो


1.1k
Shares

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आशंकामा थप नौ जनासँग स्पष्टीकरण सोधेको छ ।

The current image has no alternative text. The file name is: Balen.jpeg

आयोगका अनुसार शनिबारसम्म २१ वटा स्पष्टीकरण सोधिएकोमा आइतबार र सोमबार थप नौ जनासँग स्पष्टीकरण माग गरिएको हो ।

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट झापाको निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार बालेन्द्र शाहलाई दोस्रोपटक स्पष्टीकरण सोधेको जनाएको छ । सादा पोसाकका प्रहरी बालेन्द्र शाहलाई भोट माग्दै हिँडेको देखिने श्रव्यदृश्य सामग्री प्राप्त भएपछि दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगको भनाइ छ ।

शाहको चुनावी प्रचारप्रसारका क्रममा उनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा के–कस्तो अवस्था थियो भन्नेबारे आयोगले स्पष्टिकरण मागेको हो ।

यसैगरी, आयोगले बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार हेमराज थापा तथा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधव सापकोटालगायतसँग पनि स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म सोधिएका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ आयोगले प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्