Logo
Logo

रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते


630
Shares

बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर ठोक्किँदा मणिग्रामको शान्ति नमुना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी घाइते भएका हुन् ।

आज मङ्गलवार बिहान भएको दुर्घटनामा घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जना भीम अस्पताल भैरहवामा उपचार गराइरहेका छन् भने ४ जना डिस्चार्ज भएर घर फर्केका छन् ।

नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८६७५ नम्बरको बस र लु३त ३५३० नं को ट्याक्टर रुपन्देहीको ओमसतिया गाउँपालिका९४ बसन्तपुरमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । 

बिहानपख बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्