Logo
Logo

बालेनलाई झापाका स्थानीयको प्रश्न- एजेण्डा के छ ?


315
Shares

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापामा पुन चुनावी अभियान सुरु गरेका छन् । बालेन झापा-५ को कमला गाउँपालिकाका सुकुमवासी बस्तीमा पुगेर छलफल गरेका छन् । उनले काठमाडौंमा बाढीबाट बचाउन हटाउन खोजेको भन्दै हटाउन त्यसलाई गलत प्रचार गरिएको बताए ।

स्थानीयले बालेनलाई एजेण्डा के छ भन्दै प्रश्न गरेका छन् । स्थानीयले तपाईँको र रास्वपाको एजेण्डा के छ भन्ने प्रश्न गरेका थिए । एक स्थानीयले भने- ‘कमल-५ भनेको पहिला देखि नै एमालेको गढ  हो, तपाईँको एजेण्डा के के छन् त्यो पनि बुझ्न पाए हामीलाई राम्रो हुन्थ्यो । एमालेको गढ हामीले चिर्दैछौं । युवाहरूलाई देश सुम्पिन्छौँ । चुनाव आइसक्यो । बालेनका मात्र होइन, स्वतन्त्र पार्टीको एजेण्डा के के त ? भोली देशलाई दुई तिहाइ बहुमत दिएर बालेनजीलाई प्रधानमन्त्री बनाउने हो । हिजो जेनजी आन्दोलन हुँदा यत्रो बच्चाहरू मरे । के को लागि भन्दा परिवर्तनको लागि । तर परिवर्तन भएन । देशले परिवर्तन पाएन । अब बालेनजीको यो योजना के छ त ? स्वतन्त्र पार्टीको एजेण्डा के छ त ? हामीले पनि बुझौँ न । व्यक्तिगत भेटेर बुझ्ने भन्दा पनि सबैले बुझ्ने किसिमले बुझौँ न भन्ने हो ।’

स्थानीयलाई जवाफ दिदै बालेनले फागुनको पहिलो सातामा मेनिफेस्टो सार्वजनिक गर्ने बताए । जवाफमा बालेनले भने-‘एजेण्डा मेनिफेस्टो तयार पार्दछौँ । हरेकको छुट्टा छुट्टै हुन्छ नि त । तपाइले बुझ्न खोजेको शिक्षाको होला स्वास्थ्यको होला पूर्वाधारको होला । सबैलाई सबै चिजको हुँदैन नि त । फागुनको पहिलो साता सार्वजनिक गर्छौँ । देश भरको अलग हुन्छ । यो क्षेत्रको एजेण्डा छुट्टै हुन्छ ।’

त्यस्तै स्थानीयले बालेनले गरिबलाई हटाउँछ भन्ने कुरा आएको बताएपछि बालेनले भने-‘काठमाडौं खोला छेउबाट हटाउन खोजेको उहाँहरू जोखिममा बसेकोलाई सुरक्षित ठाउँमा लैजान खोजेको तर त्यसको गलत न्यारेटिभ डोजर जस्तो देखियो । खासमा त्यो मान्छेको ज्यान जोगाउनको लागि हो ।  खोला छेउ बाहेकको त भूमि आयोगले लगत संकलन गरेर नेपाल सरकारले दिने हो जग्गा । स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले दिने हो । यहाँको त रियल हो नि त ।’

त्यस्तै स्थानीयले प्रदेश खारेज गरेर शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिन्छ की सकिदैन भन्ने प्रश्नको  जवाफमा बालेनले शतप्रतिशत गर्न संबिधानमा लेखेपनि बजेट नभएकाले गर्न नसकिने बताए । स्थानीयले भनेु ‘बजेट छैन भन्ने कुरामा हामीले प्रदेश संरचना खारेज गरेमा बजेट त जति पनि पुग्छ नि बालेनजी ।’ तर बालेनले प्रदेशमा धेरै खर्च नभएको जवाफ दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्